दफा ५
उद्योग दर्ता प्रमाणपत्र दिनु पर्ने
(१) दफा ४ बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा आवश्यक विवरण वा कागजात पूरा भएको देखिएमा त्यस्तो विवरण वा कागजात प्राप्त भएको पाँच दिनभित्र उद्योग दर्ता गर्ने निकायले निवेदकको माग बमोजिमको उद्योग दर्ता गरी तोकिएको ढाँचामा उद्योग दर्ताको प्रमाणपत्र दिनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम उद्योग दर्ताको प्रमाणपत्र दिँदा अन्य कुराका अतिरिक्त देहायका विवरणहरु समेत सो प्रमाणपत्रमा खुलाउनु पर्नेछः-
(क) प्रमाणपत्र जारी भएको मिति,
(ख) व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्नु पर्ने अवधि,
(ग) उद्योगले पालना गर्नु पर्ने शर्तहरु,
(घ) प्रकृति अनुसार उद्योग दर्ता गर्ने निकायले निर्णय गरी तोकेका अन्य शर्तहरु।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि लघु उच्चमको हकमा त्यस्तो उद्योग सञ्चालन भएको मितिबाट एक वर्षभित्र उद्योग दर्ता गर्ने निकायमा उद्योग दर्ताको लागि निवेदन दिन सकिनेछ।